देशभर महाशिवरात्रि मनाइँदै

2.11K shares

काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना गर्दै शुक्रबार महाशिवरात्रि मनाइँदै छ। मुलुकभरका सबै शिव मन्दिरमा मनाइने यो पर्व काठमाडौंस्थित पाशुपती क्षेत्रमा धुमधामका साथ मनाइँदै आएको छ।

महाशिवरात्रि भगवान् शिव अर्थात् पशुपतिनाथको आराधनाको प्रमुख दिन हो। यो वर्षको शिवरात्रीमा पशुपति क्षेत्र विकास कोषले मन्दिरमा भक्तजनले चढाएको बेलपत्र र फूलबाट विशेष किसिमको बात्ती बनाएर बाल्ने तयारी गरेको छ ।

शिवरात्रिका लागि हालसम्म ५ सय नागाबाबा र झन्डै २५ सय साधुसन्त पशुपतिमा आइसकेका छन्।

2.11K shares