स्टारहरु जन्माएको ‘होस्टेल’को तेस्रो पार्ट बन्ने

1.74K shares

काठमाडौँ । सशान कँडेलको निर्देशनमा ‘होस्टेल ३’ बन्ने भएको छ । आज फिल्मको एक पोष्टर सार्वजनिक गरि फिल्म निर्माणको घोषणा गरिएको छ ।

‘होस्टेल’ को पहिलो भाग २०७० मा आएको थियो । हेमराज बिसीले निर्देशन गरेको फिल्मबाट अनमोल केसी, सलोन बस्नेत, गौरव पहाडि, प्रकृति श्रेष्ठ, रिस्ता बस्नेतले डेब्यु गरेका थिए ।

यस्तै, २०७२ मा आएको ‘होस्टेल रिर्टन्स’ लाई सुरज भुषालले निर्देशन गरेका थिए । यहि फिल्मबाट सुशिल श्रेष्ठ, नाजिर हुसेन, अभय बराल, स्वस्तिमा खड्का, सुशिल सिटौला लगायतका कलाकारले डेब्यु गरेका थिए । फिल्मको दुवै पार्टलाई सुनिल रावलले निर्माण गरेका थिए ।

होस्टेल सिरिजबाट उदाएका कलाकारहरु अहिले नेपाली चलचित्र क्षेत्रमा अग्र पंक्तिमा रहेर काम गरिरहेका छन् । यस्तैमा फिल्मको तेस्रो पार्ट ‘होस्टेल ३’ आउने भएको हो । आरोन कन फिल्मस् सँगको सहकार्यमा सम्मान इन्टरटेनमेन्टले फिल्म बनाउनेछ । फिल्मको निर्मातामा शिशिर ज्ञावली रहेका छन् भने कार्यकारी निर्मातामा शंकर कोइराला रहेका छन् । फिल्मको सह निर्मातामा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन् । फिल्मलाई माधव शर्माले लेखेका छन् ।

 

1.74K shares