विहेको सिजन सकिएपछि ह्वात्तै घट्यो सुनको मूल्य
वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१३
2.16K
shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधकार सुनको मूल्य तोलाको २७ सयले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज आज छापावाला सुनको मूल्य प्रतितोला एक ३४ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बजारमा चाँदीको मूल्य प्रतितोला २० रुपैँयाले घटेर १ हजार ६ सय ३० रुपैँयामा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१३
2.16K
shares





