वेस्ट इन्डिजले तेर्स्यायो नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य

2.01K shares

काठमाडौँ । काठमाडौँमा जारी मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले शानदार शतक (११९ रन) बनाए भने आन्द्रे फ्लेचरले अर्धशतक(५३) बनाए । यस्तै, फाबियन एलनले १९ रन र एलिक अथान्जेले १७ रन बनाए ।

मैत्रीपूर्ण खेलमा पहिलो जित नेपालले निकालेको थियो । दोश्रो जित वेस्ट इन्डिजले पाएको थियो । श्रृंखला १–१ को बराबरीमा रहेको छ ।

2.01K shares