वर्ल्डलिंकलाई सर्वोच्चले ठेगान लगाइदियो, अब २ अर्ब कर तिर्नुपर्ने

2.28K shares

काठमाडौं । अर्बौँ कर छलिको प्रयास गरेको वल्र्डलिंकलाई सर्वोच्च अदालतले ठेगान लगाइदिएको छ । वल्र्डलिंकले हालेको ८ वटै रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि अब सरकारलाई अर्बौँ कर तिर्नुपर्ने भएको छ ।

कर छल्नका लागि वल्र्डलिंकले कानूनी प्रयास गरेको थियो । वल्र्डलिंकको मुद्दामा सर्वोच्चले हरिप्रसाद फुयाँल र डा. नहकुल सुबेदीको संयुक्त इजलासले मागदावी अस्वीकार गर्दै रिट खारेज गरिदिएको हो । यो सँगै अब वल्र्डलिंकले सरकारलाई २ अर्ब रुपैँया कर तिर्नुपर्ने भएको छ ।

2.28K shares