‘पुजार सार्की’ भन्दा ‘फर्की फर्की’ लाई धेरै शोज
वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०९

काठमाडौँ । यो वर्षका दुई वहुप्रतिक्षित चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ बुद्ध जयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आउँदैछन्। दुवै फिल्मको अग्रिम टिकट बुकिङ खुला भइसकेको छ भने हलहरुले शोज पनि बाँडफाँड गरिरहेका छन् ।
देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘फर्की फर्की’लाई ‘पुजार सार्की’ भन्दा धेरै शोज उपलब्ध गराएको छ । क्युएफएक्सले ‘फर्की फर्की’लाई ६१ शोज र ‘पुजार सार्की’लाई ५८ शोज उपलब्ध गराएको छ ।
दुवै फिल्मलाई आईएनआई, वान सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाजले उस्तै उस्तै शोज दिएका छन् । लामो समयदेखि हलहरुमा नेपाली फिल्मको कब्जा देखिएको छ । यस्तोमा दुवै फिल्मले पाएको शोज हेर्दा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।
सुयोग गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, रवी काफ्ले, समृद्धि अर्याललगायत कलाकारहरूको अभिनय रहेको छ ।
दिनेश राउतको निर्देशनमा बनेको ‘पुजार सार्की’मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बू लगायतका कलाकारहरूको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको यो फिल्मको निर्माता सुवास भुसाल हुन्।
वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०९





