दोलखामा एकैदिन थपिए ५० नयाँ कोरोना संक्रमित

203 shares

दोलखा । दोलखामा एकैदिन थप ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर र एन्टिजोन परिक्षणमा ५० जना नयाँ संक्रमित थपिएको हो ।

चरिकोट अस्पतालमा ३७ जना र अन्य गाउपालिका तथा नगरपालिकामा गरि ५० जना संक्रमित थपिएका हुन् । नयाँ संक्रमित भीमेश्वर नगरपालिकाका ३१ जना, मेलुङ गापाको ८ जना, तामाकोशि र शैलुङ गापाको ३ ३ जना, बैतेश्वर र विगु गापाको २ २ जना र जिरी नगरपालिकाको १ जना रहेका छन् ।

आज नै जिल्लामा २८ जना कोरोना संक्रमित निको भएका छन् । हाल दोलखामा सक्रिय संक्रमितको संख्या ४ सय ३४ पुगेको जिल्ला स्वास्थ कार्यालय दोलखाले जनाएको छ ।

203 shares