योगेश भट्टराईको प्रवक्ता पद खोसियो

553 shares

काठमाडौँ । नेकपा एमालेको सचिव योगेश भट्टराईको प्रवक्ता पद गएको छ । विहिबार एमालेका अर्का सचिव प्रदिप ज्ञावलीले जयसिंह धामी प्रकरणमा प्रवक्ता लेखेको लेटरप्याडमा विज्ञप्ती निकालेपछि भट्टराइको पद गएको बताइएको छ ।

नेकपा बन्नु अगाडि नेकपा एमालेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता योगेश भट्टराई रहेका थिए । फागुनमा अदालतले नेकपाको एकता अवैधानकि ठहर गरेपछि दुई पार्टी पुरानै संरचनामा फर्किएका थिए । तर, नेकपा एमालेमा पुरानै संरचनामा फर्किने बिषयमा विवाद भएपछि पार्टी विभाजन भएको थियो ।

एमालेको तेस्रो धार बताउँदै भट्टराई लगायतका नेताहरु वरिष्ठ नेता नेपालको साथ छाडेर पार्टी अध्यक्ष केपी ओलिको साथमा गएका थिए । सो बेला अध्यक्ष ओलीले पार्टीलाई जेठ २ को संरचनामा फर्काउने फर्काउने बताएका थिए ।

तर, केहि समय नवित्दै ज्ञावलीले प्रवक्ता लेखेको लेटरप्याडमा विज्ञप्ती निकालेपछि विवाद सुरु भएको छ । पार्टीलाई पुरानै संरचनामा फर्काउने भन्दै एमालेमा फर्किएका नेताहरुमा संसय पैदा भएको छ ।

553 shares