नेपाल भारतबीचको खेल बराबरीमा सकियो
![Aadarsha Online Aadarsha Online](https://aadarshaonline.com/wp-content/themes/custom_theme_latest/images/small_icon.jpg)
वि.सं.२०७८ भदौ १७ बिहीवार १३:४४
406
shares
![image image](https://aadarshaonline.com/wp-content/uploads/2021/09/nepal-football.jpg)
काठमाडौँ। दशरथ रंगशालामा जारी नेपाल र भारतबीचको मैत्रीपुर्ण खेल बराबरीमा सकिएको छ । पहिलो हाफमा एक गोल गर्दै नेपालले अग्रता लिएको थियो । नेपालका लागि अन्जन बिष्टले ३६औँ मिनेटमा गोल गरेका थिए ।
पहिलो हाफमा अग्रता लिएको नेपाललाई दोस्रो हाफको ६० औँ मिनेटमा भारतले गोल फर्काएर बराबरी गरेको थियो । भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए ।
निर्धारित समयमा दुबै टिमले अग्रता हासिल गर्न नसकेपछि १ १ बराबरीमा खेल सकिएको छ ।
![Aadarsha Online Aadarsha Online](https://aadarshaonline.com/wp-content/themes/custom_theme_latest/images/small_icon.jpg)
वि.सं.२०७८ भदौ १७ बिहीवार १३:४४
406
shares