तस्बिरमा दोलखा

1.36K shares

काठमाडौँ । दोलखा जिल्लालाई प्रतिनिधित्व गर्ने तस्बिरहरुको प्रदर्शनी भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबारदेखि पर्यटन बोर्डमा प्रदर्शनी सुरु भएको हो ।

तीन दिन चल्ने प्रदर्शनीमा दोलखाको विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक, जातजाति, भेषभुषा झल्काउने तस्बिरहरु राखिएको छ । दोलखा मिडियाको आयोजना र संस्कृति तथा पर्यटन मन्त्रालय बागमति प्रदेशको सहयोगमा प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीले दोलखालाई नजिकबाट नियाल्ने मौका प्राप्त गर्ने आयोजकको विश्वास रहेको छ । आन्तरीक तथा वाह्य पर्यटकलाई दोलखा तान्न प्रदर्शनीले भुमिका खेल्न सक्नेछ ।

फोटो पत्रकारहरु फ्रिज बर्गर (ग्रिस फोटो पत्रकार), वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की, केशव थोकर, ज्ञानेन्द्र कार्की, लक्ष्मीप्रसाद ङाखुसी, रेखा शाक्य, जीवन लामा, केदार शिवाकोटी, निकेश श्रेष्ठ, प्रह्लाद आचार्य, सुशील श्रेष्ठ, मन्जिमलाल कायस्थ, निमेष कायस्थ, किरण श्रेष्ठ, हिमाल थामी, सविन बुढाथोकी, सकिला कार्की र चिलोचन प्रधान लगायतले खिचेका तस्बिरहरु प्रदर्शनीमा राखिएको छ ।

भोलि १९ गतेसम्म प्रदर्शनी चल्ने आयोजक दोलखा मिडियाले जनाएको छ ।

1.36K shares