चलचित्र विकास बोर्डको अध्यक्षका लागि भुवन केसीको आवेदन, अरु क-कसले दिए
वि.सं.२०७९ असार १८ शनिवार १४:५२
448
shares
सञ्चार मन्त्रालयले औपचारिकता पूरा गर्न मात्र सूचना प्रकाशित गरेको भएपनि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुन चाहनेले अनिवार्य आवेदन दिनुपर्ने हुन्छ । त्यसैले केही दिनयता सत्ता हाँकिरहेको नेपाली कांग्रेस निकट फिल्मकर्मीहरुले दिनहुँ मन्त्रालय पुगेर आवेदन फारम भरिरहेका छन् । अहिलेसम्म अध्यक्षका लागि आधा दर्जनभन्दा बढीले आवेदन दिइसकेका छन् ।
मन्त्रालयले दरखास्त आह्वान गरेको ५ दिनपछि अर्थात् असार १० गते महिला निर्देशक सम्झना रौनियार उप्रेतीले मन्त्रालय पुगेर पहिलो आवेदन दिएकी थिइन् । त्यसपछि निर्देशक अरुणकुमार प्रधान, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक तथा कलाकार नरेशकुमार पौड्याल, निर्माता सुशिल पोखरेल, अभिनेता भुवन केसी र कलाकार सुष्मा कार्कीले आवेदन दिएका छन् ।
बिहीवार सञ्चारमाध्यमहरुमा अभिनेता भुवन केसीलाई उमेर र शैक्षिक योग्यता अध्यक्ष पदमा आवेदन दिन बाधक बनेको खबरहरु प्रकाशित भएका थिए । तर, त्यही दिन उनले मन्त्रालय पुगेर आवेदन दिएका हुन् । उनको उमेर र शैक्षिक योग्यता पुगेपछि नै आवेदन दर्ता भएको जानकारी प्राप्त छ । उनको उमेर ६६ वर्ष पुगेको भनेर चर्चा भएपनि अहिले उनी ६३ वर्षमा हिँडिरहेका छन् ।
वि.सं.२०७९ असार १८ शनिवार १४:५२
448
shares