फेरी घट्यो नेप्से
वि.सं.२०७९ असार २० सोमवार ०९:२३
476
shares
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) फेरी घटेको छ । साताको दोश्रो कारोबार दिन नेप्से ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा पुगेको हो ।
४ अर्ब ३४ करोड रुपैँया बराबरको कारोबार भएको पुँजीबजारमा नेप्सेसहित फ्लट, सेन्सेटिभ, सेन्सेटिभ फ्लट लगायतका सुचक नकरात्मत रहेका छन् । लाइफ इन्स्योरेन्स, नन लाइफ इन्स्योरेन्स, ट्रेडिङ र म्युचुअल फण्ड बाहेकका उपसुचकहरु घटेका छन् ।
बजार घटेपनि दुई कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । सिवाइसी नेपाल लघुवित्त र ङादी ग्रुपको शेयर मुल्यमा सर्किट लागेको हो । त्यस्तै, १ सय १६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने बजारमा ७१ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
वि.सं.२०७९ असार २० सोमवार ०९:२३
476
shares