कहिले आउँदैछ मनोज वाजपेयीको ‘फ्यामिली म्यान ३’ ?

273 shares

काठमाडौँ । बलिउड अभिनेता मनोज वाजपेयी स्टारर फयामिली म्यान ३ कहिले रिलिज हुन्छ भनेर दर्शकहरु आतुर छन् । अगाडिको सिजनहरुमा राम्रो प्रतिक्रिया पाएको सिरिजको तेस्रो सिजन हेर्न दर्शकहरु व्याकुल छन् । रोमान्स, थ्रिलर, सस्पेन्सले भरिपुर्ण सिरिजको प्रतिक्षा अब धेरै दर्शकहरुले गर्नु नपर्ने निर्माण टिमले जनाएको छ ।

डि२आर फिल्मस्को निर्माणमा बनेको सिरिज यो वर्षको अन्तिमसम्ममा ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियो मार्फत रिलिज हुने जनाइएको छ । सिरिजमा श्रीकांतको भुमिकामा देखिएका वाजपेयीका अलवा प्रियामणि, शारिब हाशमि र श्रेया धनवंतरी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिरिजलाई राज निदीमोरु, कृष्णा डि.के. र सुमन कुमारले लेखन तथा निर्देशन गरेका छन् ।

273 shares