आरआरआरले मनायो सय दिन, कुन कुन रेकर्ड तोड्यो ?
वि.सं.२०७९ असार २० सोमवार ०९:५५
काठमाडौँ । निर्देशक एसएस राजमौलीको फिल्म जब रिलिज हुन्छ कुनै न कुनै रेकर्ड बनाएरै छोड्छ । त्यस्तै सुचिमा भर्खरै रिलिज भएको फिल्म आरआरआर पनि थपिएको छ । फिल्मले सय दिनसम्म हलमा चल्ने फिल्मको सुचिमा आफ्नो स्थान समावेश गरेको छ ।
रिलिजपछि फिल्मले विश्वभरनै तहल्का मच्चाएको थियो । फिल्मले हालसम्म ११ सय ५० करोड भारुको कमाई गरेको छ । यो भारतको सबैभन्दा धेरै कमाइ गर्ने चौथो फिल्म बनेको छ ।
रिलिजको सय दिन
फिल्मले रिलिजको सय दिन पुरा गरेको छ । यो अवसरमा फिल्मको निर्माण टिमले सबै दर्शहरुप्रति आभार प्रकट गरेका छन् । फिल्ममा जुनिअर एनटीआर र रामचरणको मुख्य भुमिका रहेको छ । यसका अलवा फिल्ममा ओलिभिया, आलिया भाट, अजय देवगनको पनि महत्वपुर्ण भुमिका रहेको छ ।
फिल्मले सबैभन्दा धेरै ओपनिङ गर्ने रेकर्ड बनाएको छ । पहिलो दिन १६५.५० करोड भारुको ओपनिङ गरेको थियो ।
तीन दिनमा ४९० करोड कमाई
फिल्मले दुनिँया भरबाट २ सय ४० करोडको ओपनिङ गरेको थियो । यो कमाई भारतीय फिल्मको सबैभन्दा धेरै ओपनिङ हो । फिल्मले रिलिजको तेस्रो दिनसम्ममा ४ सय ९० करोड भारु कमाई गरेको थियो ।
आन्द्र प्रदेश र तेलंगनामा अहिलेसम्मको सर्वाधिक कमाईको रेकर्ड फिल्मले बनाएको छ । बाहुबली दोस्रो सिरिजको कमाइलाई पछाडि पारेको हो । साथै, फिल्मले १० दिनमा उक्त ठाउँमा ३ सय ११ करोडको कमाई गरेको थियो ।
कोरोना पछि २ सय करोड कमाउने दोस्रो फिल्म
कोरोना कालपछि २ सय करोडको रेखा पार गर्ने आरआरआर दोस्रो फिल्म बनेको छ । फिल्मले हिन्दि भाषामा मात्रै ८ सय ३२ करोड रुपैँयाको कमाइ गरेको छ । भारतमा मात्रै फिल्मले ७७२.१ करोडको कमाइ गरेको छ भने विश्वभरबाट ११ सय ५० करोड भारुको कमाई गरेको हो ।
वि.सं.२०७९ असार २० सोमवार ०९:५५