इन्टरनेटको शुल्क घट्यो

वि.सं.२०७९ साउन १ आइतवार १३:५७
609
shares

काठमाडौँ । सरकारले इन्टरनेटको सेवा शुल्क घटाएको छ । नयाँ आर्थिक वर्षको सुरुवातसँगै लागु हुनेगरि सरकारले शुल्क घटाएको छ ।
टेलिफोन, मोबाइल र इन्टरनेटको सेवा शुल्क एकैपटक ३ प्रतिशतले घटाइएको छ । १३ प्रतिशत रहेको दुरसञ्चार सेवा शुल्क १० प्रतिशतमा झरेको हो ।
सेवा शुल्क घटाइएपछि सेवा प्रदायकले महसुल दर घटाउने तयारी गरेका छन् ।

वि.सं.२०७९ साउन १ आइतवार १३:५७
609
shares