पिपुल्स हाइड्रोको आईपीओ बाँडफाँड

वि.सं.२०७९ मंसिर ७ बुधवार १०:४४
595
shares

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले कात्तिक २५ गतेदेखि निष्काशन गरेको आईपीओ बाँडफाँट सनिमा क्यापिटलको कार्यलय नक्सालमा गरेको हो ।
कम्पनीको शेयरमा १२ लाख ७७ हजार ५९ जना योग्य आवेदकले आवेदन दिएका थिए । यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको २.६८ गुणा बढी हो ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले योग्य आवेदक मध्ये ५ लाख १५ हजार ७८८ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

वि.सं.२०७९ मंसिर ७ बुधवार १०:४४
595
shares