विवाह बन्धनमा बाधिए सलोन बस्नेत

504 shares

काठमाडौँ । अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाधिएका छन् । सोमबार बस्नेतले प्रेमिका करिश्मा केसीसँग लगनगाँठो कसेका हुन् ।

बस्नेतको विवाह समारोहमा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सलिनमान बनिया, अभिनेत्रीहरु पूजा शर्मा, वर्षा राउत लगायत उपस्थित थिए । सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

504 shares