घानासँग हार्यो दक्षिण कोरिया

364 shares

काठमाडौँ । कतारमा जारी विश्वकपमा घानाले जित निकालेको छ । आज भएको खेलमा घानाले ३–२ को जित निकालेको हो ।

घानाको लागि मोहम्मद सलिसले २४ औँ मिनेटमा र मोहम्मद कुडोसले ३४ र ६८ औँ मिनेटमा गोल गर्दै जित निकालेका हुन् । दक्षिण कोरीयाका लागि चो गुइसङले ५८ र ६१ औँ मिनेटमा गोल गरे ।

यो सँगै दुई खेल खेलेको घानाले ३ अंक जोड्दै अन्तिम १६ को आशा जिवितै राखेको छ ।

364 shares