दयाहाङ र सौगातपछि ‘हात्तीछाप’मा उपासनाको इन्ट्रि

1.67K shares

काठमाडौँ । किरण नेपालीको नयाँ चलचित्र ‘हात्तीछाप’को लागि नायिका फाइनल भएको छ । फिल्ममा उपासनासिंह ठकुरीले काम गर्ने पक्का भएको हो ।

नेपालीले चलचित्रका लागि सौगात मल्ल र दयाहाङ राईलाई यसअगाडिनै अनुबन्धित गरिसकेका छन् । बुधबार उपासनासिंहसँग लिखित सहमति भएपछि नायिका पनि फाइनल भएको हो ।

नेपालीको यसअगाडि प्रदर्शन भएको दुई नम्बरीमा पनि सौगात, दया र उपासनाको मुख्य भुमिका रहेको थियो । फिल्म सुपरहिट भएको थियो । सोहि कारण हुनसक्छ निर्माण टिमले कलाकारको पुरानै सेट दोहोर्याएको ।

माननिय दीपक मनाङे र अमलादेवी राईले मिलेर निर्माण गर्ने फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् ।

1.67K shares