आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

1.55K shares

काठडमौँ । बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ९ सय रुपैँयामा कारोबार भएकोमा आज तोलामा दुई सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैँया कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख २ हजार ६ सय रुपैँया कायम भएको हो ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८५ रुपैँया कायम भएको छ ।

1.55K shares