पठाओ दुर्घटना : कलाकार सन्ध्या खड्काको टाउकोमा २५ टाँका
वि.सं.२०७९ पुस २१ बिहीवार ०७:२७
1.75K
shares

काठमाडौँ । बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा कलाकार सन्ध्या खड्का घाइते भएकी छन् । टेलिसिरियलको सुटिङ सकेर घर फर्कने क्रममा उनी चढेको पठाओ मोटरसाइकल कारसँग ठोक्किँदा दुर्घटना भएको हो ।
घाइते खड्काको टाउको र शरीरमा गम्भिर चोट लागेको छ । उनको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा २५ टाँका लगाउनु परेको जनाइएको छ ।
उनि हाल ‘नदेखिएको जात’, ‘उल्टो सल्टो’, ‘नारी’, ‘सन्ध्या’, ‘ठीकै छ’, ‘परिवार’, ‘टुहरी’ लगायतका टेलिसिरियलमा काम गरिरहेकी छन् ।
वि.सं.२०७९ पुस २१ बिहीवार ०७:२७
1.75K
shares





