‘सक्किगो नि’को तेस्रो सिजन जेठ ११ देखि

1.51K shares

काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगो नि’को तेस्रो सिजन जेठ ११ देखि आउने भएको छ । सिरियलको निर्माता जेपीटी क्रियसनले टिजर सार्वजनिक गर्दै प्रसारण मिति घोषणा गरेको हो ।

कमेडीले भरिपुर्ण टेलिश्रृंखलाको यो सिजन करिब १ सय भागकै हाराहारीमा रहनेछ । यो श्रृंखलामा पनि पुरानै कलाकारहरु दोहोरिने निर्माण टिमले जनाएको छ । श्रृंखलालाई कुमार कट्टेल र अर्जुन घिमिरेलेनै निर्देशन गर्नेछन् ।

1.51K shares