‘पशुपतिप्रसाद २’को छायांकन सकियो, फूलपातिमा प्रदर्शन हुने

1.23K shares

काठमाडौँ । चर्चित चलचित्र पशुपतिप्रसादको दोस्रो भाग पशुपतिप्रसाद २ को छायांकन सकिएको हो । आज पशुपति क्षेत्रमा फिल्मको अन्तिम दृश्य खिचेर छायांकन सकिएको फिल्मका निर्देशक दिपेन्द्र के खनालले जानकारी दिए ।

फिल्मको पहिलो भाग दर्शकले अत्याधिक मन पराएका थिए । पहिलो भागले राम्रो कमाई पनि गरेको थियो । दोस्रो भागको निर्माणमा कुनै कमि नगरेको निर्देशक खनालले बताए ।

टुकी आर्टसको ब्यानरमा निर्माण भएको फिल्मको कथा मनोज पण्डितले लेखेका हुन् । आगामी फूलपातीको प्रदर्शन गर्ने तयारी रहेको फिल्मको मुख्य भुमिकामा विपिन कार्की रहेका छन् । उनले भष्मे डनको चरित्र निभाएका छन् । साथै फिल्ममा स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

1.23K shares