जेठमा ६ नेपाली फिल्मबिच भिडन्त
वि.सं.२०८० जेठ ४ बिहीवार १२:५१

काठमाडौँ । नयाँ वर्षको सुरुवात सँगै फिल्महरु प्रदर्शनमा आइरहेका छन् । बैशाख महिनामा नेपाली फिल्महरुबिचको भिडन्त एकदमै रोचक रह्यो । त्यसमा दयाहाङ राईको जारी ले बाजी मार्यो । अन्य फिल्मको अबस्था एकदमै नाजुक रह्यो ।
जेठ महिनामा पनि नेपाली फिल्मको नियती उस्तै हुने देखिन्छ । जेठमा ६ वटा नेपाली फिल्म प्रदर्शन हुनेछन् ।
भोली शुक्रबार ‘ए साथी सुन’ र ‘डाकिनी’ प्रदर्शनमा आउँदैछन् । डाकिनी सिमित हलहरुमा मात्र प्रदर्शन हुनेछ । फिल्मलाई खिन्से नोर्बुले निर्देशन गरेका छन् । फिल्ममा रविन्द्रसिंह बानियाँले ट्रान्सवुमनको चरित्र निर्वाह गरेका छन् । त्यस्तै, थ्रिलर कमेडी जनराको फिल्ममा वर्षा शिवाकोटी, रमेश बानियाँ आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतका कलाकारको अभिनय छ । फिल्मलाई रामराघव आचार्यले लेखन तथा निर्देशन गरेका छन् ।
जेठ दोस्रो साता पनि दुई नेपाली फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आउने भएका छन् । टुल्की बहुपति प्रथाको कथा बोल्ने चलचित्र हो ।
जेठको तेस्रो साता भने कुनै नेपाली फिल्म रिलिज हुने छैनन् । चौथो सातामा दयाहाङ राई अभिनित नीरफूल प्रदर्शन हुनेछ । भुकम्पको कथामा आधारीत फिल्मलाई फूलमान वलले निर्देशन गरेका छन् । साथै, सोही मितिमा वेलकम टु हेम्जाकोट रिलिज हुनेछ । बुद्धि तामाङको मुख्य भुमिका रहेको फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गरेका छन् ।
वि.सं.२०८० जेठ ४ बिहीवार १२:५१





