महाकाली बनिन् सुरक्षा
वि.सं.२०८० जेठ १४ आइतवार ०४:२१
1.34K
shares

काठमाडौँ । हिपहप र्याप गीत महाकाली सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमकाबिच गीत सार्वजनिक भएको हो ।
उमेश अधिकारीले कम्पोज गरेको संगीतमा ब्रिज रेकर्डिङ स्टुडियोले बिट बनाएको छ । चुगिं प्रडक्सनले निर्माण गरेको भिडियोमा सुरक्षा पन्त र सुरज श्रेष्ठले काम गरेका छन् ।
नेपालकै पहिलो वैदीक हिपहप गीत भनिएको महाकालीमा सुरक्षाले महाकालीको भुमिका निर्वाह गरेकी छिन् । महिलाहरु उत्पिडनमा परेपछि महाकालीको रुप पनि धारण गर्न सक्छन् भन्ने भाव भिडियोमा देखाइएको छ ।
महाकालीको चरित्र निर्वाह गर्दा एकदमै गाह्रो भएको पन्तले बताइन् ।
वि.सं.२०८० जेठ १४ आइतवार ०४:२१
1.34K
shares





