‘राधा’ भदौमा पुनः प्रदर्शन हुने

1.95K shares

काठमाडौँ । चलचित्र द सेक्रेट अफ राधा पुनः प्रदर्शन हुने भएको छ । चलचित्र आगामी भदौ २९ गते प्रदर्शन हुने भएको हो ।

गत वर्षको भदौ १० गतेदेखि फिल्म प्रदर्शनमा आएको थियो । तर, पर्याप्त हल नपाइएको भन्दै निर्माण टिमले फिल्मलाई उतारेको थियो ।

सुवर्ण थापाको निर्देशनमा बनेको फिल्ममा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, मेनुका प्रधान, दिव्य देव लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । साथै अभिनेता सौगात मल्ल यसै फिल्मबाट निर्माताको रुपमा प्रस्तुत भएका थिए ।

1.95K shares