हिमाल दोलखा हाइड्रोपावरको हकप्रद खुल्यो

1.49K shares

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आजदेखि चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले हकप्रद शेयरका लागि गत वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । कम्पनीका शेयर धनिले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.७५ कित्ता शेयरमा आवेदन दिन सक्नेछन् । यसका लागि वैशाख २६ गतेसम्म कायम शेयरधनिले आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरमा असार १० गतेसम्म आवेदन दिन सकिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापीटलले जनाएको छ । लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्।

1.49K shares