रिलिज अगावै ‘आदिपुरुष’ ले कमायो ४३२ करोड

1.37K shares

काठमाडौँ । अभिनेता प्रभासको नयाँ फिल्म ‘आदिपुरुष’ले प्रदर्शन अगावै ४ सय ३२ करोडको कमाई गरेको छ । फिल्मले डिजिटल राइट्स, म्युजिक राइट्स, र थिएट्रिकल राइट्सबाट उक्त कमाई गरेको हो ।

५ सय करोड भारुमा निर्माण भएको भनिएको चलचित्रले प्रदर्शन अगावै ८५ प्रतिशत लगानी सुरक्षित गरिसकेको छ । फिल्मलाई लिएर चर्चा शिखरमा छ । फिल्मले भारतिय बक्सअफिसमा धेरै रेकर्डहरु तोड्ने अनुमान लगाइएको छ ।

निर्माणको सुरुवातसँग फिल्मको चर्चा चुलिएपनि टिजर सार्वजनिक भएपछि भने फिल्म ट्रोलको शिकार भएको थियो । फिल्ममा प्रयोग गरिएको भिएफएक्सलाई लिएर सर्वाधिक ट्रोल भएको थियो । तर, निर्माण टिमले फिल्ममा परिवर्तन गरि जारी गरेको ट्रेलरले भने सकरात्मक प्रतिक्रिया पाएको थियो ।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभासले रामको चरित्र निर्वाह गरेका छन् । फिल्म जुन १६ देखि विश्वभर हिन्दी, तेलेगु, तमिल, मलयालम, कन्नड गरी पाँच भाषामा प्रदर्शन हुनेछ ।

1.37K shares