‘जय हो’ को टिजर सार्वजनिक
वि.सं.२०८० असार ८ शुक्रवार १०:४३
1.54K
shares

काठमाडौँ । चलचित्र ‘जय हो’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार फिल्मको १ मिनेट १० सेकेन्डको टिजर ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।
टिजरमा प्रेममा आउने उतारचढावलाई देखाइएको छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता शोभित बस्नेत रहेका छन् । फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका छन् ।
भदौ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
वि.सं.२०८० असार ८ शुक्रवार १०:४३
1.54K
shares








