‘परस्त्री’ सेन्सर पास, १६ वर्षमुनिकाले अभिभावकसँग मात्रै हेर्न पाउने

1.65K shares

काठमाडौँ । चलचित्र ‘परस्त्री’ सेन्सर पास भएको छ । फिल्मको बेडसिन, किस सिनको दृश्यमा निर्माण टिमले परिमार्जन गरेपछि फिल्मले आज प्रदर्शन अनुमति पाएको हो ।

फिल्मले पीजी सर्टिफिकेट पाएको छ । अब, १६ वर्षमुनिका बालबालिकाले अभिभावकसँग मात्रै फिल्म हेर्न पाउने भएका छन् ।

असार १५ गतेबाट प्रदर्शनमा आउने फिल्म निर्माणदेखिनै चर्चामा रहेको छ । फिल्मको ट्रेलरमा समावेश बोल्ड सिनहरुका कारण झन् फिल्मको चर्चा बढ्यो । सोहि सिनहरुलाई लिएर सेन्सर बोर्डले आपत्ति जनाएको थियो ।

दिपेन्द्र के खनालको लेखन रहेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका छन् । नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

1.65K shares