निश्चलको ‘दिमाग खराब’ को छायांकन सकियो
वि.सं.२०८० असार १२ मंगलवार ०५:५२
1.48K
shares

काठमाडौँ । निर्देशक निश्चल बस्नेतको आगामी फिल्म दिमाग खराबको छायांकन सकिएको छ । सोमबार फिल्मको छायांकन ३६ दिनमा सकिएको हो ।
राजनीतिक विषयबस्तुमा निर्माण गरिएको फिल्म ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का, बिजय बरालको मुख्य भुमिका रहेको छ । स्वस्तिमाले श्रीमान्का निर्देशनमा पहिलो पटक काम गरेकी हुन् ।
फिल्म अगामी कात्तिक २४ गतेबाट प्रदर्शनमा आउनेछ । लोभलाग्दो स्टारकास्टका कारण लामो समयपछि निर्देशनमा फर्किएका बस्नेतलाई फिल्मले सफलता दिलाउन सक्ने देखिन्छ ।
वि.सं.२०८० असार १२ मंगलवार ०५:५२
1.48K
shares







