‘परस्त्री’ भोलीबाट नै प्रदर्शन हुने
वि.सं.२०८० असार १३ बुधवार १२:१७
1.37K
shares

काठमाडौँ । सुरज पाण्डेको निर्देशनमा बनेको फिल्म ‘परस्त्री’ भोली बिहीबारबाट नै प्रदर्शन हुने भएको । असार १५ गतेलाई रिलिज मिति तोकेर प्रचारमा उत्रेको फिल्म एक दिन अगावै प्रदर्शन हुने भएको हो ।
टिजर रिलिज देखि नै चर्चा र प्रशंसा बटुलेको फिल्म नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शन हुनेछ । फिल्मको हिन्दी भर्सन भने नेपालमा प्रदर्शन हुनेछैन ।
दीपेन्द्र के खनालको लेखन रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरब बिष्टको मुख्य भुमिका रहेको छ ।
वि.सं.२०८० असार १३ बुधवार १२:१७
1.37K
shares







