शिल्पाको नाटकमा डेब्यू, ‘ट्रान्जिट’ गर्दै

1.41K shares

काठमाडौँ । अभिनेत्री शिल्पा मास्केले थियटर नाटकमा डेब्यू गरेकी छिन् । उनले घिमिरे युवराजको निर्देशन रहेको नाटक ट्रान्जिटबाट थियटरमा डेब्यू गरेकी हुन् ।

नाटकलाई कुमार नगरकोटीले लेखेका हुन् । नाटकमा शिल्पाका अलवा निर्देशक घिमिरे, दिव्यदेव, आकांक्षा कार्की र वासना तिमल्सिनाको अभिनय रहेको छ ।

शिल्पी थियटरमा साउन ५ गतेदेखि मंचनमा आएको नाटक भाद्र २ गतेसम्म चल्नेछ । नाटक मंगलबार बाहेक प्रत्येक दिन साँझ साँढे ५ बजे मंचन हुनेछ भने शनिबार दिउँसो १ बजे पनि अतिरिक्त शो राखिएको छ ।

लगातार फिल्ममा असफलता व्यहोरीरहेकि शिल्पालाई नाटकबाट भने सफलता मिलोस् ।

1.41K shares