‘गोर्खा वारिअर’ हेर्न बेलायती सांसदलाई मिलनको निम्तो
वि.सं.२०८० साउन ६ शनिवार ०७:४४
1.32K
shares

काठमाडौँ । निर्देशक मिलन चाम्ले आफ्नो आगमी फिल्म गोर्खा वारिअर हेर्न बेलायती सांसदलाई निम्ता दिएका छन् । शुक्रबार उनले बेलायती सांसद डेमियन कोलियन्सलाई फिल्म हेर्न निम्ता दिएका हुन् ।
फिल्मको प्रिमियर भदौ २४ गते लण्डनको लिसेस्ट स्क्वायरमा हुँदैछ । सो प्रिमियरमा सहभागिताको लागि चाम्सले कोलियन्समार्फत बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई पनि विशेष निमन्त्रण गरेका छन् ।
दोस्रो विश्वयुद्धको कथावस्तुमा आधारित भएर निर्माण गरिएको फिल्मलाई चाम्सले आफ्नो ड्रिम प्रोजेक्ट बताउने गरेका छन् । त्यस्तै, लिसेस्ट स्क्वायरमा नेपाली फिल्मको प्रिमियर गराउने २० वर्षदेखिको सपना पनि पुरा हुन लागेको उनले बताएका छन् ।
वि.सं.२०८० साउन ६ शनिवार ०७:४४
1.32K
shares





