‘कामिनो’ बाट वर्षा पनि निस्किइन्, ‘काजी’ गर्दै
वि.सं.२०८० साउन २० शनिवार ०५:१८
1.96K
shares

काठमाडौँ । निर्माण घोषणादेखिनै चर्चामा रहेको फिल्म कामिनोबाट एक पछि अर्को गर्दै कलाकारहरु बाहिरिएका छन् । सौगात मल्ल, राजबल्लभ कोइराला र नीति शाह बाहिरीसकेका छन् । अब अर्की नायिका वर्षा शिवाकोटी पनि बाहिरिएकी छन् ।
फिल्मको सुरुवाती चरणमा देखाइएको लाइनअपमा अब अभिनेता प्रदिप खड्का मात्रै बाँकी छन् । वर्षाले कामिनो छाडेर लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको काजी मा काम गर्ने भएकी छिन् । रामप्रसाद रिजालको निर्माणमा बन्ने फिल्मको छायांकन आगामी भदौदेखि हुने जनाइएको छ । फिल्ममा वर्षाको साथमा बुद्धि तामाङ, विजय बराल, सुमन कार्की, कैलाश कार्की लगायतका कलाकार रहेका छन् ।
वि.सं.२०८० साउन २० शनिवार ०५:१८
1.96K
shares





