‘हामी तीन भाई’को छायांकन सुरु
वि.सं.२०८० साउन २० शनिवार ०५:२५
1.83K
shares

काठमाडौँ । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र हामी तीन भाईको छायांकन सुरु भएको छ । शुक्रबार मकवानपुरको चित्लाङबाट फिल्मको छायांकन सुरु गरिएको हो ।
प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक भट्टराईकै रहेको छ । फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८० साउन २० शनिवार ०५:२५
1.83K
shares





