गोलभेँडा किलोकै १६०
वि.सं.२०८० साउन २१ आइतवार ०३:५२
1.79K
shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेँडा सानो ९५,घिउ सिमी लोकल ३०,काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ४८, लौका ४०, हरियो फर्सी ६० र घिरौँला २५ कायम भई कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ, गाँजर १००, बन्दा लोकल १०, मूला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ५०, टाटे सिमी ६०, तितो करेला ४०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी ४०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काँक्रो ४०,तामा ९०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
वि.सं.२०८० साउन २१ आइतवार ०३:५२
1.79K
shares




