अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण
वि.सं.२०८० साउन २१ आइतवार १२:३३
2.01K
shares
काठमाडौं । नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्रलाई अबदेखि अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने काम सुरु गरिएको छ। उक्त सेवा सुरु भएपछि आफ्नै मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले आफ्नै घरमा बसिबसि अनलाइनबाटै चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको हो।
अब त्यसै कामका लागि कार्यलयमा भौतिकरूपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। अनलाइनबाट हुनु भन्दा अगाडि प्रमाणीकरणका लागि मात्र दैनिक करिब एक हजार पाँचसय जना नेपाल प्रहरी कार्यलय पुग्ने गरेका थिए। यस अवसरमा पररास्ट्र मन्त्री एनपि साउदले यस सेवा सार्वजनिक सेवा प्रदान गर्ने योजनामा कोशेढुङ्गा सावित भएको बताउछन । जनताले खेप्नुपर्ने दुख कष्टको अन्त्य हुने र खर्चको समेत सिमित हुने बताउँछन।
वि.सं.२०८० साउन २१ आइतवार १२:३३
2.01K
shares








