हलेसी नगरपालिकाले आफ्नै बजेटबाट पन्ध्र वटा सरकारी बिद्यालय भवन बनाउदै

2.12K shares

काठमाडौ । पुर्बी पहाडी जिल्ला खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगर भित्रका  बिद्यालयमा  कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरेको छ । नगर भित्र “जिरो फि ” घोषणा गरी कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको नगरप्रमुख बिमला राईले जानकारी दिनुभयो ।

सोही हलेसी तुवाचुङ नगरपालिकाले यस आर्थिक वर्ष भित्र १५ वटा सामुदायिक विद्यालयका भवन निर्माण गर्ने भएको हो। कार्यपालिकाको एक सय चार औं बैठकले यस बर्ष नगरपालिकाको बजेटबाट १५ वटा सामुदायिक विद्यालयका भवन निर्माण गर्ने निर्णय भएको थियो।

विद्यार्थी अनुसार भवन नभएका र भएतापनि भत्किन आटेका पुराना भएका  कारण पठनपाठनमा समस्या रहेका विद्यालयमा नयाँ भवन निर्माण गरिने र पठनपाठन सहज बनाउने निर्णय भएको हो।

नगरकार्यपालिकाको बैठकले नगरपालिकाको प्रशासनिक भवन पनि निर्माण प्रारम्भ गर्ने, नागरिकको प्रशासनिक सेवा प्रवाह गर्न छ वटा वडा कार्यालय भवन निर्माण गर्ने, बृहत लिफ्टिङ खानेपानी भुम्जुको पानी सञ्चालन गर्न आयोजनाले व्यवस्थापन नगरेसम्मका लागि विधुत महसुलका लागि नगरपालिकाले पहल व्यवस्था गर्ने,  खानेपानी आयोजना का लागि उपभोक्ताहरुले आफ्नो घरमा पानी लाने पाइप लाइन खन्नलाई निरन्तरता दिने र बाँकीरहेकोमा सुरुवात  गराउने साथै एसइइमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान प्रोत्साहन गर्ने निर्णय गरेको छ । कार्यक्रम कार्यान्वयनका लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीच कार्यसम्पादन सम्झौता समेत भएको छ।

यसै बिचमा बैठकबाटै नगरपालिका सुख्खा  क्षेत्र भएकाले बदाम कपास र गहत जस्ता उत्पादनलाई प्राथमिकता दिने र त्यसका लागि नगरपालिकाले अनुदान पनि दिने निर्णय भएको हो।

2.12K shares