चरेश सहित एकजना पक्राउ

3.71K shares

काठमाडौ ,प्रहरीले डडेल्धुराको सदरमुकामबाट चरेशसहित एक व्यक्तिलाई पक्राउ गरेको हो।सोमबार साँझ अमरगढी नगरपालिका वडा नम्बर ४ खलङ्गाबाट १६.१२ ग्राम चरेशसहित सोही ठाँउका ४० वर्षीय रामबहादुर पुन पक्राउ परेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा चरेश भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको छ।

3.71K shares