अनेरास्ववियु कोशिको अधिबेशन भदौ १५ र १६

2.25K shares

काठमाडौ,अनेरास्ववियु कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन भदौको १५र १६ मा हुने भएको छ ।

गत शुक्रबार विराटनगरस्थित डिग्री क्याम्पसमा बसेका प्रदेश कमिटीको बैठकले भदौ १५  र १६गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको हो । प्रदेश सह संयोग जिबि गजलका  अनुसार अधिवेशन विराटनगरमा हुनेछ ।

जिवी गजलको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति बनाइएको छ भने नवराज घिमिरे संयोजक रहेको प्रचारप्रचार उपसमिति र कमल पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको हो ।अधिवेशनका लागि गाउँपालिका र नगरपालिकाबाट एक/एकजना, उपमहानगरपालिकाबाट एक महिलासहित तीन जना, महानगरपालिका बाट तीन  महिलासहित पाँच जना, जिल्ला कमिटीबाट २ महिलासहित पाँच जना, स्ववियु निर्वाचन हुने क्याम्पसबाट एक जना, स्ववियुबाट एक जना, पुरबाअन्चल का आंगिक क्याम्पसबाट एक/एक जना र आयोजक कमिटीका सदस्यहरु प्रतिनिधि रहनेछन् । त्यसका लागि भदौ आठ गतेभित्र प्रतिनिधि छनोट गरी जिल्ला अध्यक्ष र इन्चार्जको हस्ताक्ष्रमा दश गतेभित्र प्रतिनिधि व्यवस्थापन टिमलाइ  विवरण बुझाइसक्नुपर्ने स्रोतले बतायो।

2.25K shares