अस्विन राई बने खोटाङ प्रतिभा २०८०

वि.सं.२०८० साउन ३० मंगलवार ११:२२

काठमाडौ, खोटाङ कलाकार समाजको आयोजनामा सोमबार राष्ट्रिय नाच घर काठमाडौंमा सम्पन्न भएको फाइनल अडिसनबाट गायनमा हलेसी तुवाचुङ नगरपालिकाका अस्बिन राई प्रथम,हुँदै खोटाङ प्रतिभा २०८० बन्न सफल भएका छन। त्यसैगरि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोश्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेश्रो भएका हुन।
खोटाङका १० स्थानीय तहबाट गायन तर्फबाट छानिएका एक/एक जना प्रतिभालाई फाइनल प्रतिष्पर्धाको लागि काठमाडौ ल्याइएको थियो । गायन प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने प्रतिभालाई छुट्टाछुट्टै क्रमशः दुई लाख दुई हजार, एक लाख एक हजार र ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाण- पत्र प्रदान गरिएको छ । प्रथम स्थान प्राप्त गरेका अस्बिनले तीन वटा गीत रेकर्डिङ, एक वटा म्यूजिक भिडियोमा अभिनय गर्ने र बेलायतको सांगीतिक कार्यक्रममा भ्रमण गर्ने अवसर पाउने खोटाङ कलाकार समाजले बतायो। प्रतियोगीताको फाइनल अडिसन संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले उद्घाटन गरेका थिए । खोटाङको प्रत्येक गाउँ, नगर र बस्तीमा लुकेर रहेको उत्कृष्ट प्रतिभालाई खोजेर उनीहरुको कलालाई जिल्ला र देशव्यापी रुपमा चिनाउने लक्ष्यका साथ ‘खोटाङ प्रतिभा २०८० ‘ आयोजना गरिएको हो ।

वि.सं.२०८० साउन ३० मंगलवार ११:२२