कृषकसँग घुस माग्ने आरोपी अधिकृतले गरे राजिनामा

4.43K shares
काठमाडौ, कृषकबाट घुस मागेको आरोप लागेका गोदावरी नगरपालिकाका कृषि अधिकृतले राजीनामा दिएका छन् ।गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले कृषक समूहहरूसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेको थियो।आरोपपछि नगरपालिकाले सोधेको स्पष्टीकरणको जवाफ नदिएर भट्टले राजीनामा गरेका बताइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार खत्रीले साउन २१ गते अन्तिम म्याद हुने गरी भट्टलाई स्पष्टीकरण सोधिएकोमा उनले साउन २२ गते नगरपालिकामा राजीनामा पत्र बुझाएका स्रोतले बताएको  छ।

4.43K shares