पूजाको एक्सन अवतार

हाल दान्भीको क्लाइमेक्सको सिनको छायांकन भइरहेको छ

2.95K shares

काठमाडौँ । अभिनेत्री पूजा शर्माको नयाँ फिल्म दान्भीको सेटबाट केहि तस्बिरहरु बाहिर आएका छन् । सार्वजनिक तस्बिरमा पूजालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । हाल दान्भीको क्लाइमेक्सको सिनको छायांकन भइरहेको छ ।

फिल्मी करिअरको सूरुवात देखि नै पूजाले लभर गर्लको रुपमा आफूलाई स्थापीत गरेकी थिइन् । यो नयाँ अवतार भने उनलाई पक्कै पनि चुनौती हुनेछ ।

रुपेश तामांगको निर्देशन रहेको फिल्ममा पूजालाई कुन्साङ बोमजनले साथ दिएका छन् ।

2.95K shares