‘पशुपति प्रसाद २’ को प्रेम शरणम् सार्वजनिक
वि.सं.२०८० असोज ७ आइतवार ०७:४३
2.58K
shares

काठमाडौैँ । दशैको मौका पारेर प्रदर्शनमा आउन लागेको चलचित्र पशुपति प्रसाद २ भष्मे डनको रोमान्टिक गीत सार्वजनिक भएको छ । निर्माण टिमले प्रेम शरणम् बोलको गीत सार्वजनिक गरेको हो ।
गीतमा कालीप्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर रहेको छ । गीतमा विपिन कार्की र स्वीतमा खड्काको अभिनय रहेको छ ।
खगेन्द्र लामिछानेको कथा रहेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । फिल्ममा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
फिल्म आगामी फूलपाती अर्थात् कात्तिक ४ गतेबाट प्रदर्शनमा आउनेछ ।
वि.सं.२०८० असोज ७ आइतवार ०७:४३
2.58K
shares








