दर्शन नगरेको भन्दै कुटपिट गर्दा एकको मृत्यु
वि.सं.२०८० कात्तिक ९ बिहीवार ००:२९
2.07K
shares

काठमाडौ । दर्शन नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ ।
कार्तिक ४ गते भलिबल खेल्ने क्रममा ढोग नगरेको भन्दै सल्यान बागचौर नगरपालिका -७ का घनश्याम ओलिलाइ छिमेकी गाउका केशर ओलि र सन्तोष ओलिले कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते घनश्यामको उपचारको क्रममा बुधबार भरतको लखनउमा मृत्यु भएको छ ।
प्रहरीले कुटपिट गर्ने सन्तोष ओलिलाइ पक्राउ गरेको छ भने केशर फरार छन ।
वि.सं.२०८० कात्तिक ९ बिहीवार ००:२९
2.07K
shares




