‘एनिमल’को ‘सतरंगा’ सार्वजनिक
वि.सं.२०८० कात्तिक ११ शनिवार ०३:५२
1.86K
shares

काठमाडौँ । डिसेम्बर १ देखि प्रदर्शनमा आउन लागेको बलिउड फिल्म ‘एनिमल’को सतरंगा बोलको गीत सार्वजनिक भएको छ । ४ मिनेट बढीको गीत टी सिरिज मार्फत सार्वजनिक भएको हो ।
बुबा र छोराको कथा देखाइएको फिल्मलाई सन्दिप रेड्डी भंगाले लेखन तथा निर्देशन गरेका छन् । यसअगाडि संदिपले बलिउडमा कबिर सिंह जस्तो सुपरहिट फिल्म दिएका थिए ।
फिल्ममा रणबिर कपुर, रस्मिका मण्डना, अनिल कपुर, बबि देवल लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा टिजर र ट्रेलर हेर्दा एक्सनले भरिपुर्ण देखिन्छ । यहि फिल्ममार्फत रणबिर र रस्मिकाले पहिलो पटक स्क्रिन शेयर गर्दैछन् ।
वि.सं.२०८० कात्तिक ११ शनिवार ०३:५२
1.86K
shares





