‘रंगेली’को प्रिमियर अमेरिकामा
वि.सं.२०८० कात्तिक १२ आइतवार ०४:४३
2.3K
shares

काठमाडौँ । अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘रंगेली’को प्रिमियर अमेरिकामा हुने भएको छ । फिल्मका अमेरिका प्रदर्शन अधिकार एक्का बास्सा इन्टरटेनमेन्ट एण्ड लाइभ एट प्रिजेन्टले खरिद गरेपछि प्रिमियर अमेरिकामा हुने भएको हो ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्मको अहिले अन्तिम चरणको छायांकन भइरहेको छ । फिल्ममा दयाको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म फागुन २५ गतेबाट प्रदर्शनमा आउनेछ ।
वि.सं.२०८० कात्तिक १२ आइतवार ०४:४३
2.3K
shares








