तिहार गीत ‘सेलरोटी फनन’ सार्वजनिक
वि.सं.२०८० कात्तिक १५ बुधवार ०९:५९
1.92K
shares

काठमाडौँ । सन्तोष सुनारको तिहार गीत ‘सेलरोटी फनन’ सार्वजनिक भएको छ । मंगलबार सन्तोष सुनार युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा सन्तोषकै शब्द संगीत रहेको छ । गायनमा उनलाई सुनिता थेगिमले साथ दिएकी छन् ।
गीतको भिडियोमा प्रभात पल ठकुरी, कबिता न्यौपाने, सचिन रौनियार, टुलिका, अनिशा, रोशन लगायतका कलाकारको अभिनय रहेको छ । राजिभ समरको कोरियोग्राफी रहेको गीतलाई रामकुमार केसीले खिचेका हुन् । भिडियोलाई विकाश प्रसाईले निर्देशन गरेका छन् ।
वि.सं.२०८० कात्तिक १५ बुधवार ०९:५९
1.92K
shares





