दिनेश राउतले ‘पूजार सार्की’ बनाउँदै
वि.सं.२०८० मंसिर ७ बिहीवार १२:५६
1.75K
shares

काठमाडौँ । निर्देशक दिनेश राउतले ७ औँ चलचित्र घोषणा गरेका छन् । उनले ‘पूजार सार्की’ नामक चलचित्रको घोषणा गरेका हुन् ।
फिल्मको लेखक बिकास सुबेदी रहेका छन् । सुबेदी र राउतले यसअगाडि प्रकाशमा सहकार्य गरेका थिए । त्यस्तै, फिल्मको निर्माताको रुपमा सुभाष भुषाल रहेका छन् ।
माघ पहिलो साताबाट फ्लोरमा जाने फिल्मलाई किङ्गडम नेटवर्कले निर्माण गर्दैछ । फिल्मको बितरक आर आर फिल्मस् रहेको छ । फिल्मका कलाकारहरुको बारेमा भने कुनै जानकारी दिइएको छैन ।
वि.सं.२०८० मंसिर ७ बिहीवार १२:५६
1.75K
shares





